arrow

देशका सबै सरकारी वेबसाइट डाउन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १५ बुधबार
moict.jpg

काठमाडौं । बुधबार देशका लगभग सबै सरकारी वेबसाइट डाउन भएका छन् । पानी परेका कारण विद्यु अनियमित हुँदा सर्भर चल्न नपाएर समस्या भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका उपनिर्देशक रमेश पोखरेलले जानकारी दिएका छन् ।

अनइन्टरेप्टेबल पावर सप्लाई (यूपीएस) मा समस्या आएका कारण वेबसाइटहरु डाउन भएको र अहिले एक एक गरी सबै समस्या समाधान हुन लागेको उनले बताएका छन् । लगभग सबैजसो सरकारी वेबसाइटहरु बुधबार दिउँसोदेखि खुल्न छोडेका थिए ।

अनइन्टरेप्टेबल पावर सप्लाई (यूपीएस) ले विद्युत आपूर्ति कटौती भए पनि छोटो समयका लागि कम्प्युटरलाई चलिरहने अनुमति दिन्छ । समस्या पहिचान र समाधान भइरहेका र चाँडै नै सबै वेबसाइट सञ्चालनमा आउने उनले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ