arrow

प्रसारण लाइन विस्तारका लागि प्रक्रिया अघि बढाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
Nepal-Electricity-Authority_1618034403.jpeg

काठमाडौं ।  मन्त्रिपरिषद्को बैठकले  प्रसारण लाइन तथा सवस्टेशनमा संरचनागत सुधार, स्तरोन्नति तथा विस्तारका लागि प्रक्रिया अघि बढाउने भएको छ । उपत्यकाभित्रका प्रसारण लाइन तथा सवस्टेशनमा संरचनागत सुधार, स्तरोन्नति तथा विस्तार गर्नका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकार तोक्ने पनि निर्णय गरेको छ । 

त्यस्तै वीरगञ्ज–सिमरा–पोखरिया प्रसारण लाइनको टावर तथा स्वस्टेसनका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकार तोक्नेसमेत निर्णय गरिएको छ। 

मङ्गलवार बसेको मन्त्रिपरिषद्ले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । कार्यसम्पादन करार निर्देशिका, २०७९ स्वीकृत गर्ने निर्णय गरिएको हो।
     
मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी (दोस्रो संशोधन) नियमावली, २०७९ को मस्यौदा उपर लोकसेवा आयोगको परामर्श लिने, मध्यभोटेकोसी जलविद्युत् आयोजनाको २२० केभी प्रसारण लाइनका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । 

कार्बन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने, भेडेटार स्काई वाक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने छ ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा शीतल साहु पूर्वे (धनुषा) लाई नियुक्त गर्ने, निजामती सेवा पुरस्कार सिफारिस समितिको सदस्य तोक्ने र श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीको सेवा समूह र पद परिवर्तन गर्ने मन्त्रिपरिषद्को निर्णय रहेको छ । 



नयाँ