arrow

बजेट निर्माणको रातको सीसीटीभी फुटेज छैन : अर्थ मन्त्रालय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २० सोमबार
janardan-budget.PNG

काठमाडौं । बजेट निर्माणको रातको सीसीटीभी फुटेज नभएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले १४ जेठमा अनधिकृत मान्छे सहभागी गराई बजेट बनाएको आरोप लागेको समयको फुटेज नभएको मन्त्रालयले बताएको छ । 

उपभोक्ता हित संरक्षण मञ्चका सचिव जयप्रसाद पौडेलले सीसीटीभी फुटेज उपलब्ध गराउन निवेदन दिएका थिए । उनले असार १७ गते अर्थ मन्त्रालयमा पत्र पठाएका थिए । 

मन्त्रालयले सीसीटीभी फुटेज मन्त्रालयमा जडान भएको सीसीटीभीको क्षमता र जडान भएको क्यामेराको आधारमा बढीमा १३ दिनसम्मको मात्रै सीसीटीभी फुटेज अभिलेखमा रहने जनाएको छ । 

मन्त्रालयले भनेको छ ,' यस मन्त्रालयबाट फुटेज पाउ भनी मिति २०७९/०३/१४ गते पेश गर्नुभएको निवेदन सन्दर्भमा यस मन्त्रालय, प्रशासन महाशाखाको च.नं २४२७ मिति २०७९/०३/१७ को पत्र वाट मिति २০७८/০५/२४ बेलुका ११.०০ बजे देखि २०७८/০५/ २५ गते बिहान ६.०० बजे ७/০२/৭४ बेलुका ६.०० बजे देखि २०७९/০२/५५ बिहान ६.०० बजे सम्मको सीसीटीभी फुटेज मन्त्रालयमा जडान भएको सीसीटीभीको क्षमता र जडान भएको क्यामेराको आधारमा बढीमा १३ दिनसम्मको मात्रै सीसीटीभी फुटेज अभिलेखमा रहने र तत्पश्चात् पहिलेको अभिलेख क्रमशः मेटिँदै जाने भनी लेखी आएको हुँदा सोही ब्यहोरा सूचना तथा जानकारी गराइएको आदेशअनुसार अनुरोध गर्दछु ।’

अर्थमन्त्रीले बजेट निर्माणमा अनधिकृत मान्छे भित्राएर करको दायरा हेरफेर गरेको भनेर चौतर्फ विरोध भएको थियो ।  प्रतिनिधि सभामा एमालेका सांसदहरूले सीसीटीभी फुटेज अविलम्ब सार्वजनिक गर्न माग गर्दै अर्थमन्त्रीको राजीनामा समेत मागेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ