युक्रेनको छायाँमा अफ्रिका : पश्चिमाले पीठ फर्काउँदा भोकमरीले दजर्नाैंको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०७९ असार २१ मंगलबार
778
Shares
काठमाडौं । सोमालियाको एउटै अस्पतालमा विगत दुई महिनामा भोकमरीका कारण दुई दर्जनभन्दा बढी बालबालिकाको मृत्यु भएको छ ।
डा. याह्ये अब्दी गरुनले दशकौंको सबैभन्दा सुख्खा खडेरीले पिरोलेको ग्रामीण इलाकाबाट ठक्कर खाएका विक्षिप्त परिवारहरुलाई देखिरहेका छन् तर, अझैं पनि कुनै मानवीय सहायता आइरहेको छैन् ।
रुसले युक्रेनमा आक्रमण गरेको केही समयपछि सोमाली सहायता समूहलाई ५० लाख अमेरिकी डलर दिने तयारी गरिरहेका एक दाताले यसका कार्यकारी निर्देशक हुसेन कुल्मिएलाई उक्त रकम युक्रेनीहरूलाई दिनका लागि भने र त्यो पैंसा युक्रेन गयो ।
र अहिले खडेरीबाट भागेका सोमालीहरू बैडोआ सहरमा ५०० भन्दा बढी शिविरहरूमा आएर बसेका छन् । यस्तोमा सहायता कार्यकर्ताहरुले एक शिविरलाई मद्दत गर्दै अन्य १० शिविरलाई बेवास्ता गर्न थालेका छन् ।
नर्वेजियन शरणार्थी परिषद्का महासचिव जान इगल्याण्डले एसोसिएटेड प्रेससँगै बोल्दै यो भयानक किसिमका क्रुर र लज्जित कार्य भएको बताएका छन् ।
उनको समुहले युक्रेनका लागि सहयोग माग्दा ४८ घण्टामा ८० प्रतिशत रकम उठेको थियो तर, सोमालियामा हजारौं मानिसहरु मरिसकेको अवस्थामा एक चौथाई वित्त पनि पोषित भएन ।
युक्रेन युद्धले अन्य संकटहरूबाट लाखौं डलर लगेको छ। यसको सबैभन्दा जोखिमपूर्ण अवस्थामा युद्धबाट उम्केको सोमालिया खाद्य अभावको सामना गरिरहेको छ ।
सोमालियाको सहायता कोष गत वर्षको भन्दा आधा भन्दा कम छ । यस्तोमा पश्चिमी दाताहरुले युरोपमा युद्धको प्रतिक्रिया दिन १.७ अर्ब अमेरिकी डलर भन्दा बढी पठाएका छन् ।
यमन, सिरिया, इराक, दक्षिण सुडान, कङ्गो र प्यालेस्टाइन क्षेत्र पनि सोमालिया झैं प्रभावित छन् ।
संयुक्त राष्ट्रको तथ्याङ्क अनुसार युक्रेनका लागि २.२ अर्ब डलरको अपील लगभग ८० प्रतिशत पूरा उठेको छ । जुन अन्य कुनै पनि संकटका लागि उठ्ने गरेको भन्दा बढी हो । यहीँ अवस्थामा सोमालियाका लागि गरिएको अपिलको ३० प्रतिशत समेत उठ्न सकेको छैन् ।
यो वर्ष विश्वको पैंसा र ध्यान युक्रेनमा केन्द्रीत भएको असर र महसुस इथियोपिया र केन्यासमेतका अफ्रिकी मुलुकमा परेको छ । यहाँका केही क्षेत्रमा केही हप्तामै भोकमरी अथवा अनिकालको घोषणा हुनसक्ने सम्भावना छ ।
अन्तर्राष्ट्रिय विकासका लागि संयुक्त राज्यको एजेन्सीले १०० वर्ष भन्दा लामो समययता यो स्तरको स्थिती सायदै देखेको बताएका छन् । लाखौं पशु, परिवारको आर्थिक स्रोत र पोषणका स्रोतहरु नष्ट भएका छन् ।
भोकमरी र खडेरीग्रस्त क्षेत्रबाट साहयताका लागि हिँड्दा हिँड्दै कयौं सोमालीहरुले ज्यान गुमाइरहेका छन् ।
सोमालियाको राजधानी मोगादिसुमा साहयताका लागि कयौं परिवार आइरहेको तर, उनीहरुलाई दिनका लागि कालो चियाँ र ब्रेड बाहेक केही नभएको शिविरका हेरचाहकर्ता फादुमो अब्दुलकादिर वार्सामेले एपीलाई भनेका छन् ।
त्यहाँ आउने परिवारको संख्या १७०० भन्दा बढी पुगेको छ । उनले अहिलेसम्म दाताहरुबाट कुनै सहायता नआएको बताए ।
संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रमद्वारा समर्थित स्थानीय संगठन शान्ति र विकास कार्यद्वारा सञ्चालित नजिकैको एक स्टोररूममा समेत केही खानेकुरा उपलब्ध छैन् ।
ह्वाइट हाउसले जुन २८ मा विश्वव्यापी खाद्य सुरक्षा सम्बन्धी कथनमा समस्यालाई स्वीकार गरेको थियो । अमेरिकाले रुसको कार्यबाट विश्व प्रभावित हुने र तत्काल सबैभन्दा बढी समस्या अफ्रिकामा देखा पर्ने टिप्पणी गरेको थियो ।
सोमालियाले कुनै बेला आफ्नो देशको ९० प्रतिशत गहुँ युक्रेन र रुसबाटै प्राप्त गरेको थियो । जुन अहिले पाउन लगभग असम्भव बनेको छ ।
'हामी वास्तवमै यस बिन्दुमा सामूहिक मृत्युलाई रोक्न खोजिरहेका छौं,' सारा चार्ल्स मानवीय सहायताका लागि युएसएआईडी ब्यूरोका प्रशासकका सहायकले एपीसँग बोल्दै भनेकी छन्, 'दुर्भाग्यवश, यी संकटहरूको प्रकृति यस्तो छ कि यी विस्तारै सुरु हुन्छन् र एक्कासी सखाप पार्छन् ।'
सोमालिया एनजीओ कन्सोर्टियमका निर्देशक निमो हसन र अन्य धेरैले भने दाता राष्ट्रले आवश्यकता बुझ्ने विश्वास गरेका छन् । तर, ब्रसेल्स र लन्डन जस्ता राजधानीका निर्णयकर्ताहरू युरोपमा युद्धबाट विचलित भएको अवस्थामा यो सहज पनि देखिँदैन।
'उनीहरू हामी युक्रेनमा केन्द्रित छौं भनेर खुलेर भन्दैनन्, तर तपाईले देख्न सक्नुहुन्छ कि उनीहरू युक्रेनमा के गरिरहेका छन्,' हसनले भने, 'यो आवश्यकतामा आधारित हुनुपर्छ, राजनीतिक निर्णय होइन, तपाईंलाई थाहा छ?'
सोमालियामा खडेरीबाट भागेर शिविरमा आएकाहरु मध्ये ३० प्रतिशत भन्दा कमले अप्रिलसम्म तत्काल खाना वा अन्य सहायता प्राप्त गरिरहेको संयुक्त राष्ट्र मानवीय एजेन्सीले जनाएको छ ।
पोषण र बाल विकासका युनिसेफ निर्देशक भिक्टर अगुयोले सबै आपतकालहरू समान रूपमा उत्पन्न नहुने बताएका छन्। उनले त्यहाँ २ वर्ष मुनिका कयौं बालबालिकाहरुले ज्यान गुमाइरहेको बताए ।
'केही आपतकालले अचानक ध्यान खिचेको छ,' अगुयोले भने, युनिसेफले अफ्रिकाको संकटलाई नियन्त्रण गर्न पर्याप्त पैसा पाइरहेको छैन । अठार लाख बालबालिकालाई तुरुन्तै उपचारको आवश्यकता छ ।
विश्व खाद्य कार्यक्रम युनिसेफले यो भोकमारी रोक्न ध्यान केन्द्रित नर्गै पर्छ । सोमालियामा ५ लाख भन्दा बढी बालबालिकाले भोकमरीको चरम अवस्थामा सहयोग नपाएको विश्व खाद्य कार्यक्रमका प्रवक्ता अल्तान बटको भनाइ छ ।
सन् २०१० देखि २०१२ को बीचमा सोमालियाको खडेरीले करिब २ लाख ६० हजारको ज्यान लिएको थियो । इथियोपिया सीमा नजिकैको डोलोको दक्षिणी जिल्लामा अप्रिल देखि जुनसम्म भोकमरीकै कारण ४० जनाको मृत्यु भएको जिल्ला आयुक्त मोहम्मद हुसेन अब्दीले बताएका छन् ।
सोमालियाको उत्तरी पन्टल्याण्ड क्षेत्रको आमा बाल स्वास्थ्य केन्द्रका लगभग दुईमा १ जना कुपोषित रहेको सहायता समूह केयरका खाद्य सुरक्षा सल्लाहकार जस्टस लिकुले बताएका छन् ।
सेभ सोमाली वुमन एन्ड चिल्ड्रेनका उपनिर्देशक अहमद नासिरले एपीसँग कुरा गर्दै भनेका छन्, 'हामीले पानीको एक थोपा पनि नभएका ठाउँहरू देख्न सक्छौं । यदि निर्णय लिने कार्यालयहरूमा ती व्यक्तिहरूले हामीले अहिले देखेको कुरा देख्न सक्थे भने, उनीहरूले तुरुन्तै कोष जारी गर्नेछन्।'