arrow

टेष्टमा इंग्ल्याण्डको ठूलो जित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २२ बुधबार
test-england.jpg

काठमाडौं । पाँचौं टेष्टको शृङ्खलाको अन्तिम खेलमा इंग्ल्याण्डले भारतलाई ७ विकेटले पराजित गर्‍यो ।  यो नतिजासँगै भारतीय टोलीको १५ वर्षपछि इंग्ल्याण्डमा सिरिज जित्ने सपना अधुरो रह्यो भने  इंग्ल्याण्डले  टेष्ट इतिहासमा आफ्नो सबैभन्दा ठूलो जित हासिल गरेको छ । 

भारत विरुद्ध ३७८ रनको विशाल लक्ष्य पछ्याउँदै टोलीले टेष्ट इतिहासमा आफ्नो सबैभन्दा ठूलो जित हासिल गरेको हो ।  यसअघि इंग्ल्याण्डको टोलीले यति ठूलो लक्ष्य हासिल गरेको थिएन। यो जितमा दोस्रो इनिङ्समा शतक प्रहार गरेका जो रुट र जोनी बेयरस्टोको महत्त्वपूर्ण योगदान रहेको थियो । दुवैले २ सय ६९ रनको अतुलनीय साझेदारी गर्दै टोलीलाई जित दिलाएका थिए ।

भारतले पहिलो इनिङ्समा ४१६ रन बनाएको थियो । पहिलो इनिङ्समा इंग्ल्याण्डलाई २८४ रनमा अलआउट गरेपछि १ सय ३२ रनको महत्त्वपूर्ण अग्रता लिएको थियो। 

दोस्रो इनिङ्समा भारतीय टोलीले २४५ रन मात्र बनाउन सके र इंग्ल्याण्डलाई ३७९ रनको लक्ष्य दिएको थियो ।  खेलको अन्तिम दिन कुनै विकेट नगुमाई बेयरस्टो र रुटले लन्चअघि नै टोलीलाई जित दिलाएका थिए । यस खेलका दुवै इनिङ्समा शतक प्रहार गरेका बेयरस्टो खेलको प्लेयर अफ द म्याच घोषित भए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ