arrow

संसद लाइभ

अर्थमन्त्री शर्मा संसदमा बम्किए 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २२ बुधबार
janardan-123.jpg

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रतिनिधि सभाको बैठकमा बम्किएका छन् । उनले आफूमाथि लगाएका आरोप खारेज गर्न चाहन्छु भनेका छन् ।

उनले अर्थ मन्त्रालयको जेठ १४ गते रातिको सीसीटीभी फुटेज डिलेट भएकोबारे आफूलाई केही जानकारी नभएको बताएका छन् । उनले आफूलाई सीसीटीभी कति दिनसम्म रहन्छ भनेर के थाहा ? भनेर जवाफ दिएका छन् । 

उनले करका दरमा हेरफेर गरेको आरोप छ । उनले अनधिकृत मानिसलाई करका दर हेरफेर गर्नका लािग अर्थ मन्त्रालयमा ल्याएको आरोप छ । उनले ती आरोप खारेज गरेको बताएका छन् । 

अर्थमन्त्रीकै कारणले गर्दा बिहान ११ बजे बस्ने भनिएको बैठक ४ बजेपछि मात्र बसेको थियो । उनको राजीनामा माग्दै सडकमा प्रदर्शन भइरहेका छन् । सत्ताधारी नेपाली कांग्रेसका नेताहरुसँगै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उनको राजीनामा मागेको छ । 

उनले भनेका छन्, ‘म राजनीति गर्ने व्यक्ति हुँ । ठूला ठूला आन्दोलनमा नेताहरुसँग काँधमा काँध मिलाएर अगाडि बढेको छु । म कहिले पनि झुकेको छैन । बजेट निर्माणका क्रममा म कतै पनि झुकेको छैन । म एउटामा हैन हजारौं छानबिनका लागि तयार छु ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ