arrow

नेप्सेको घट्दो क्रम जारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
nepse-news-aaja.jpeg

काठमाडौं । पुँजी बजार सूचक नेप्से बिहीबार १६‍.६० अंकले घटेको छ । यससँगै सूचक २०२७.३२ बिन्दूमा आएको छ । बिहीबार एक अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

असार दोस्रो सातादेखि बजार समग्रमा सकारात्मक गतिमा अघि बढिरहेको छ । तथापि लामो समयदेखि तल झरेकाले सर्वसाधारण लगानीकर्ता आत्तिएका थिए । भाउ तल घट्दा त्रसित भएका लगानीकर्ताको मनोविज्ञान अझै पूर्ण रुपमा सकारात्मक बनिसकेको छैन । सोही कारण थोरै बढ्दा आत्तिएर बेच्नेहरू अझै छन् । 
 
तर, समग्रमा बजारले सकारात्मक गति लिँदै गएको छ । बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएको छ । यो बजारका लागि सुखद् पक्ष हो । आम लगानीकर्ता यतिबेला मौद्रिक नीतिको प्रतिक्षामा छन् । अहिलेको योजनाअनुसार काम भएमा केन्द्रीय बैंकले साउन पहिलो सातामै मौद्रिक नीति ल्याउने तयारी गरेको छ । 
 
बिहीबार दुई सय २९ कम्पनीको ४७ लाख ११ हजारभन्दा धेरै कित्ता सेयर कारोबार भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहको सूचक घटेका छन् । सात करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित एलआइसी नेपाल अग्रस्थानमा रहेको छ । 

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण काबेली पावर र शिवम् सिमेन्ट्स छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ