arrow

गाेली लागेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २४ शुक्रबार
shinzo-abe-japan.jpg

काठमाडौं । बिहीबार एक नारा सहरमा एक चुनावी कार्यक्रममा सम्बोधनका क्रममा गोली लागेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ ।

सार्वजनिक प्रसारक जापान ब्रोडकास्टिङ कर्पोरेशन (एनएचके)ले उनको निधन भएको जनाएको रोयटर्सले उल्लेख गरेको छ।

जापानको पश्चिमी सहर नाराको रेल स्टेसन नजिक स्टम्प भाषण दिइरहेका ६७ वर्षीय आबेमाथि सोही बेला आक्रमणकारीले गोली हानेका थिए ।

संदिग्ध आक्रमणकारीलाई घटनास्थलबाटै गिरफ्तार गरिएको थियो ।

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार: विश्वको प्रतिक्रिया

आबेमाथि गाेली प्रहार लोकतन्त्रमाथिको ‘घृणित’ आक्रमण: जापानका प्रधानमन्त्री

आबेको अवस्था स्थीर : बाहिरियो गोली हानेको भिडियो

जापानका पूर्व प्रधानमन्त्री आबेमाथि गोली चल्यो



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ