मन्त्री भएर गृह जिल्ला पुगेका यादवलाई ५१ किलोको माला
हाम्रा कुरा
प्रकाशित २०७९ असार २६ आइतबार
848
Shares
वीरगन्ज । नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई ५१ किलोको माला लगाएर सम्मान गरिएको छ ।
मन्त्री भएर गृह जिल्ला पर्सा पुगेका यादवलाई जनता समाजवादी पार्टी (जसपा) कार्यकर्ताले ५१ किलोको माला लगाइ दिएका हुन् ।
वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई लगायत नवनिर्वाचित जनप्रतिनिधिलाई पनि माला भित्र राखेर सम्मान गरिएको थियो ।
सो अवसरमा उनले भने, “म पर्सावासीलाई धन्यवाद भन्न र मन्त्रालयको काम गर्नुभन्दा अघि आशीर्वाद लिन वीरगन्ज आएको हुँ ।”
जिल्लाका सबै सडकको ‘डिपिआर’ बनाएर बोलपत्र आह्वान गर्नुका साथै पर्यटनको विकासका लागि चिडियाखाना बनाउने कामसमेत अगाडि बढाउने मन्त्री यादवले जानकारी दिए ।