arrow

आबेको हत्या गर्ने पहिलेदेखि थियो तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
Japanese-Shinzo-Abe-PM.jpg

टोकियो । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या गर्ने तेत्सुया यामागामीले राजनीतिज्ञहरू ‘अमूक सङ्गठन’सँग जोडिएको कारण आफूले निशाना बनाएको दाबी गरेका छन् । 

४१ वर्षीय यामागामीलाई प्रहरी हिरासतमा राखी अनुसन्धान थालेपछि उनको बयान आएको हो । उनले आबेलाई निशाना बनाएको अनुसन्धानकर्ताहरूलाई बताएका जापानको प्रहरीले जनाएको छ । 

उनले आबेलाई अर्कै कार्यक्रममा मार्ने उद्देश्यले बिहीबार ओकायामाको पश्चिमी क्षेत्र गएका थिए । तर उक्त कार्यक्रममा सहभागीहरूले आफ्नो नाम र ठेगाना पेस गर्नुपर्ने भएपछि आफ्नो योजनाबाट उनी पछि हटेको बयान उनले दिएका अनुसन्धान अधिकारीहरूले बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमले यस सङ्गठनलाई धार्मिक भनी वर्णन गरेका छन् । आक्रमणकारी यामागामीकी आमाले पनि उक्त समूहलाई दिएको दानका कारण आफ्नो परिवारलाई आर्थिक समस्या भएको दाबी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ