arrow

जापानमा आबेको पार्टीले बहुमत ल्याउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
shinzo-abe-japan.jpg

जापान । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको मृत्यु भएको दुई दिनमै सम्पन्न निर्वाचनमा जापानको सत्तारुढ गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गर्ने प्रक्षेपण राष्ट्रिय प्रसारक एनएचकेले आइतबार गरेको छ । 

पूर्व प्रधानमन्त्रीको सत्ताधारी दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र यसको गठबन्धन सहयोगी कोमेइटोले संसदको माथिल्लो सभाको १२५ सिटमध्ये ६९ देखि ८३ सिटको बीचमा बिजय हुने अनुमान एनएचकेको सर्वेक्षणले देखाएको छ । यो यस पहिले उक्त गठबन्धनलाई प्राप्त सिटभन्दा बढी सङ्ख्या हो ।

आबेको हत्या हुनुभन्दा अघि पनि एलडीपी र कोमेइतोले आफ्नो बहुमतलाई अझ बलियो बनाउने विश्वास गरिएको थियो, यद्यपि आक्रमणले उनीहरूलाई साहनुभूतिको मतसमेत प्राप्त हुने सङ्केत देखिएको हो । 

प्रधानमन्त्री फुमिओ किशिदाले हत्याको बाबजुद् पनि निर्वाचन प्रक्रियालाई अघि बढाउनपर्नेमा जोड दिएका थिए ।

शुक्रबार नाराको पश्चिमी क्षेत्रमा निर्वाचन अभियानलाई सम्बोधन गरिरहेका समय आबेमाथि नजिकैबाट गोली हानियो । उक्त घटनामा सख्त घाइते बनेका पूर्व प्रधानमन्त्री आबेलाई तत्काल हेलिकोप्टरबाट अस्पतालमा पुर्‍याइएको थियो । तर गोली लागि अत्यधिक रक्तश्राब भएका उनको स्थानीय अस्पतालमा मृत्यु भएको घोषणा गरिएको थियो । उनको पार्थिव शरीर शनिबार टोकियोस्थित आवेको निजी निवासमा ल्याइएको थियो ।

यस आक्रमणले राष्ट्रलाई ठूलो झट्का दिएको छ र जापान लगायत विश्व समुदायलाई स्तब्ध पारेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ