arrow

विदुर गौतमको नेतृत्वमा बुद्धिचाल संघको नयाँ कार्यसमिति चयन, उपाध्यक्ष र सदस्यमा मात्रै मतदान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
nepal-chess-association-2079-win.jpg

काठमाडौं । विदुरप्रसाद गौतमको नेतृत्वमा नेपाल बुद्धिचाल संघको नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबारदेखि तीन दिनसम्म चलेको चुनावी अधिवेशनले चार वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । 

उपाध्यक्ष र सदस्यहरुका लागि मात्र मतदान भएको थियो । अध्यक्षसहितका बाँकी पदहरुमा निर्विरोध चयन भएको हो । अध्यक्षमा गौतम तथा वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद रिजाल निर्विरोध भएका छन् । 

तर उपाध्यक्षमा भने मतदान भयो । तीन उपाध्यक्षका लािग पाँच जनाबीच भिडन्त भएकामा धनबहादुर बोगटी, नारायण दास गमाल र सुवोधराज शेर्पाली विजयी भए । बोगटीले ५९, शेर्पालीले ५५ तथा गमालले ५२ मत ल्याए । पराजित भएका माधवप्रसाद प्रधानले १७ र ॐ प्रसाद उपाध्यायले मात्र ९ मत ल्याए । 

महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष निर्विरोध भएका छन् । महासचिवमा धरमबहादुर लामा, तीन सचिवमा मोनालिसा खम्बू, भुपेन्द्र निरौला र उमेश केसी निर्विरोध भएका छन् । 

कोषाध्यक्षमा ज्ञानेन्द्र महर्जन र सहकोषाध्यक्षमा यज्ञप्रसाद पन्त निर्विरोध निर्वाचित भएका छन् । 

त्यस्तै प्रदेश सदस्यहरु पनि निर्विरोध भएका छन् । जसमा प्रदेश १ बाट दिपेन राई, मधेसबाट सुरेन्द्रकुमार साह, बागमतीबाट निरन्जन प्रजापती, गण्डकीबाट महेश्वर अधिकारी, लुम्बिनीबाट चन्द्रमणी गैरे, कर्णालीबाट शक्तिराम बुढा तथा सुदूरपश्चिमबाट गोपालप्रसाद श्रेष्ठ निर्विरोध भएका हुन् । 

त्यस्तै महिला सदस्यमा पार्वती श्रेष्ठ पनि निर्विरोध भएकी छिन् । 

सदस्य खुल्ला तीन जनाका लागि भने निर्वाचन भयो । जसमा कृष्णप्रसाद सिग्देल, प्रवीणबहादुर भडेल र रामकिशोर सिंह पराग विजयी हुँदा राजीव कार्की, विकास कार्की, याइसास यासिर खम्बू र मनोज घिमिरे पराजित भए । 

सिग्देलले ४३, भडेलले ३४, परागले ३२ मत ल्याए भने खम्बूले २६, राजीव कार्कीले २३, विकास कार्कीले २१ तथा घिमिरेले मात्र १७ मत ल्याए । 

जम्मा प्रतिनिधि संख्या ११३ रहेकामा ७८ मत खसेको थियो । 



नयाँ