- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमा छानबिन गर्न गठित समितिले मंगलबारबाट काम थाल्ने भएको छ ।
संसदले गठन गरेको संसदीय विशेष समितिले मंगलबारबाट काम शुरु गर्न लागेको हो । काम शुरु गरेको १० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन पाएको समितिको मंगलबार औपचारिक बैठक बसेर आफ्नो जिम्मेवारी पूरा गर्न थालेको हो ।
बैठकले कार्यविधि तय गर्नेसहितका काम गर्ने तयारी गरेको छ ।