arrow

सीपीसी नेता लिउ र माधव नेपालबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २८ मंगलबार
madhav-jhalanath-leu-china.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले मंगलबार शिष्टाचार भेट गरेका छन् । नयाँ बानेश्वरस्थित एक होटलमा उनीहरूबीच भेटवार्ता भएको हो ।
 
भेटवार्तापछि अध्यक्ष नेपालले सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै कसरी नेपाल र चीनबीचको सम्बन्धलाई बलियो बनाउने विषयमा छलफल भएको बताए । अध्यक्ष नेपालले चीन विरुद्ध नेपालको भूमि प्रयोग हुन नदिने नेपालको परराष्ट्र नीतिबारे आफूहरूले विश्वस्त बनाएको बताए । 

दुवै देशका राजनीतिकलगायत विभिन्न तहबाट हुने भ्रमणबाट एकापसमा सम्बन्ध सुमधुर रहने सीपीसीका विदेश विभाग प्रमुख जियानचाओले विचार व्यक्त गरेको र विभिन्न पार्टीसँग सम्बन्ध सुमधुर बनाउन चाहेको बताएका थिए । 

सो अवसरमा सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षद्वय जयन्ती राई र प्रमेश हमाल, उपमहासचिवद्वय डा गङ्गालाल तुलाधर र जगन्नाथ खतिवडा, सचिव प्रकाश ज्वालालगायत नेता सहभागी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ