arrow

अर्थमन्त्री प्रकरण : अर्थ मन्त्रालय पुग्यो छानबिन समिति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३० बिहिबार
ministry-finance.PNG

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेटमा करको दर हेरफेरका सम्बन्धमा गठित छानबिन समिति अर्थ मन्त्रालय पुगेको छ । बुधवार संसदीय विशेष छानबिन समितिले अर्थ मन्त्रालयमा स्थलगत अवलोकन गरेको छ ।

 निरीक्षणका क्रममा सीसीटिभी कहाँकहाँ तथा कुन कुन कार्यकक्षमा जडान गरिएका तथा सिसिटिभीको संरचना र नियन्त्रण कसरी गरिएको छ भन्ने सम्बन्धमा  समितिले जानकारी लिएको छ । 

मङ्गलवार बसेको  छानबिन समितिको बैठकले बिहीबार भित्र अर्थ मन्त्रालयका सीसीटीभी फुटेज र बजेट निर्माण प्रक्रियाका कागजात उपलब्ध गराउन निर्देशन दिएको छ ।

समितिले अर्थ मन्त्रालयका सम्बन्धित कर्मचारीबाट जानकारी पनि लिएको समितिका सदस्य विमला विकले बताइन् । “समितिका सबै सदस्य आज मन्त्रालयको पुगी वस्तुस्थिति हेरेर आयौँ”, उनले भनिन्, “अवलोकनका क्रममा अर्थ मन्त्रालयका सम्बन्धित कर्मचारीबाट जानकारी पनि लियौँ ।”

समितिबाट कार्यविधिले तोकेको कागजात पनि मन्त्रालयसँग माग गरिएको उनले बताइन् । बजेटमा करको दर हेरफेरका सम्बन्धमा ११ सदस्यीय समिति गठन गरिएको छ । 

मन्त्रालयमा बजेट निर्माणमा अनधिकृत व्यक्ति छिराई निश्चित स्वार्थ समूहलाई फाइदा पुऱ्याउने काम गरेको आरोप लागेपछि अर्थमन्त्रीले राजीनामा दिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ