- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सत्ता साझेदार दलबीच संक्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्ने सहमति भएको छ। प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको छलफलमा उक्त सहमति जुटेको हो ।
शीर्ष नेताहरूले शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउने सहमति भएको पाँच दलीय गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले बताए ।
'संक्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधनबारे छलफलमा सहमति जुटेको छ ' उनले भने । संक्रमणकालीन न्यायसँग जोडिएको कानुन आजै बस्ने संसद बैठकमा पेश हुने उनले बताए ।
गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेताहरू सहभागी थिए ।
साथै गठबन्धन बैठक सके लगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । मन्त्रिपरिषद् बैठकले संक्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधनका लागि निर्णय गर्नेछ । त्यसपछि आजै बैठकमा पेश गरिनेछ । प्रतिनिधिसभा बैठक शुक्रवार दिउँसो १ बजे बस्दै छ ।
प्रतिनिधि सभामा उपसभामुखको निर्वाचन हुदैँछ । उपसभामुखका लागि सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतम बनेकी छिन् । भने प्रमुख प्रतिपक्षबाट नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार बनेकी छिन् ।