काठमाडौं । नेप्सेमा दुईवटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । जसमा आरम्भ चौतारी लघुवित्तको ६ लाख २ हजार २०२ कित्ता (१९.६२ प्रतिशत) र मिथिला लघुवित्तको ३ लाख ४० हजार ८७४ कित्ता (२५ प्रतिशत) बोनस शेयर रहेको छ ।
दुवै कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट यो बोनस शेयर वितरण गरेका थिए । सोहीबोनस अहिले सूचीकरण गरिएको हो ।