arrow

नेविसंघ र अखिल क्रान्तिकारीले गभर्नर अधिकारीलाई कार्यालय छिर्न नदिने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १ आइतबार
mahaprasad-adhikari-governo.gif

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरु नेविसंघ र अखिल क्रान्तिकारीले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेका छन् । उनीहरुले एमालेको विभागमा बसेका अधिकारीको राजीनामा माग गरेका हुन् । 

सो क्रममा उनीहरुले घेराउ र विरोध प्रदर्शन गर्ने भएका छन् । दलीय सलंग्नता र शैक्षिक योग्यता समेतका विषयहरुमा  प्रश्न उठेको भन्दै युवा विद्यार्थी संगठनहरु केही दिन यता आन्दोलित रहेकोमा नेविसंघ र अखिलले घेराउ र विरोध प्रदर्शन गर्न लागेका हुन् ।

आज बिहान बिहान १० बजे बालुवाटार ३ नम्बर गेटसँगै रहेको नेपाल राष्ट्र बैंकको गेटमा जम्मा भइ गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने   कार्यक्रम रहेको अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए ।

विरोध कार्यक्रमलाई नेविसंघ अध्यक्ष डुजाङ शेर्पा र अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सम्बोधन गर्ने पनि मैनालीले बताए ।  

गभर्नर अधिकारी एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्तिबारे बहस र आलोचना भइरहेको हो । 

अधिकारीको नियुक्ति ‘राजनीतिक संलग्नता नभएको स्वतन्त्र ब्यक्ति मात्र  गभर्नर हुनसक्ने  प्रावधान विपरीत भएको खुल्न आएको भएको भन्दै  युवा विद्यार्थी संगठनहरुले विरोध चर्काएका हुन् ।

सरकारलाई दबाब बढाउने नीति अनुरुप यसअघि शुक्रबार नेविसंघले माइतीघरमा प्रदर्शन गरेको थियो भने वाईसीएलले शनिबार गभर्नरलाई बर्खास्त गरी छानबिन अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई नै भेटेरै ज्ञापन पत्र बुझाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ