arrow

मातेका एमाले सदस्यले चलाएको गाडीले सेनाका अमल्दारलाई ठोक्यो, उपचारका क्रममा मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २ सोमबार
nepal-army-new.jpg.jpeg

भरतपुर । रक्सी पिएर गाडी चलाएका वडा सदस्यको गाडिले ठक्कर दिँदा नेपाली सेनाका अमल्दारको मृत्यु भएको छ ।  भरतपुर महानगरपालिका-१९ का वडा सदस्य राजकुमार गुरुङको गाडीले ठक्कर दिँदा नेपाली सेनाका अमल्दार सुरज गुरुङको मृत्यु भएको छ ।  

वडा सदस्य गुरुङले मादक पदार्थ सेवन गरेको पाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन विष्टले जानकारी दिए । पक्राउ परेका गुरुङ हालै मात्रै नेकपा (एमाले)बाट वडा सदस्यमा निर्वाचित भएका हुन् । 

मङ्गलपुरबाट रामपुरतर्फ जाँदै गरेको गुरुङ चढेको ग२च ९०६२ नंको गाडीले भरतपुर महानगरपालिका-१५ शीतलचोक नजिक विपरीत दिशाबाट आउँदै गरेको बा३३प १४५५ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गाडीको ठक्करबाट मोटरसाइकलमा सवार कालीबहादुर गणमा कार्यरत अमल्दार तनहुँको व्यास नगरपालिका-१२ घर भएका ३३ वर्षीय सुरज गुरुङको मृत्यु भएको हो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

कार र चालक वडा सदस्य प्रहरीको नियन्त्रणमा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ