arrow

भूपू मन्त्रीसहित एक सय ५५ जना विरुद्ध भ्रष्टाचारको आरोप 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २ सोमबार
Akhtiyar-Durupayog-anusandhan-aayog.jpg.jpeg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूतपूर्व एक मन्त्रीसहित एक सय ५५ जना विरुद्ध भ्रष्टाचारको आरोप लागेको जनाएको छ । आर्थिक वर्ष २०७८-७९ मा एक मन्त्रीसहित एक सय ५५ जना विरुद्ध भ्रष्टाचारको आरोप लागेको आयोगले आइतबार उल्लेख गरेको छ । 

आर्थिक वर्षमा सम्पादित प्रमुख कार्यको प्रारम्भिक तथ्याङ्क अनुसार एक सय ३१ वटा मुद्दामा प्रतिवादीको सङ्ख्या ६३९ रहेको छ । यस अन्तर्गत विशिष्ट श्रेणीका राष्ट्रसेवक कर्मचारी तीन जना, अन्य कर्मचारी ३०८, बिचौलिया-मतियार १७२ जना रहेका छन् । 

आरोपितहरूबाट दुई अर्ब ७८ करोड ४३ लाख ३२ हजार सात सय दश रुपियाँको बिगो माग दाबी गरिएको आयोगले जनाएको छ । कुल रंगेहात कारबाहीमा पर्नेको सङ्ख्या ३८ मध्ये २६ जना राष्ट्रसेवक कर्मचारी रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ