arrow

नेटफिलिक्सले झण्डै दश लाख सब्स्क्राइबर गुमायो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ४ बुधबार
netflix.jpg

काठमाडौं । स्ट्रिमिङ प्लेटफर्ममा लामो समय राज जमाएको नेटफ्लिक्सले अब, आफ्नो आफूलाई जोगाउन कडा परिस्थितिको सामना गर्नुपर्ने भएको छ ।

नेटफिलक्सले अप्रिल र जुलाईको बीचमा करिब १० लाख सब्सक्राइबरहरु गुमाएको छ । कम्पनीका प्रमुख कार्यकारी रीड हेस्टिङ्सले के कारणले प्रयोगकर्ताले पैसा तिरिरहेका छैनन् भन्ने अज्ञात कुरा भएको बताएको छन् ।

केही ड्रामाहरु सफल भएको नेटफिलिक्समा अहिले भने सेवा लिनेको सङ्ख्या घट्दै गएको छ । गत अप्रिलमा कम्पनीले सन् २०११ पछि पहिलो पटक सब्सक्राइबर घटेको बताएको थियो । सोसँगै कयौं रोजगारी गुमेका थिए ।

मङ्गलवार सार्वजनिक रिपोर्टमा पहिलो पटक यति धेरै मानिसले सेवा रद्द गरेका हुन् । जसमा सबैभन्दा धेरै युरोप, अमेरिका र क्यानडाका प्रयोगकर्ता रहेका छन् ।

खासगरी प्रतिस्पर्धा, चर्चित सिरिज नहुँदा र मूल्य बढेका कारण प्रयोगकर्ताहरूले सेवा रद्द गर्न थालेको अनुमान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ