arrow

केपी ओलीले कड्किँदै भने – यस्तो तालले एमालेले गरिखाँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ४ बुधबार
kp-sharma-oli-2079-04-04.jpg

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा निकै ठूलो अन्तर्घात भएको भन्दै आपत्ति जनाएका छन् । बागमती प्रदेशस्तरीय प्रशिक्षण भेलामा ओलीले बुधबार संगठित र क्रियाशील सदस्य भएका ठाउँमा समेत एमाले उम्मेदवारको कम मत आएको भन्दै आक्रोश व्यक्त गरे ।

उनले वडा कमिटीमा ३९ जना कमिटी सदस्य रहेकोमा निर्वाचनमा २४ मत आएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । ओलीले आफ्नै पार्टीका उम्मेदवारविरुद्ध प्रचार गर्दै आएको भन्दै तीव्र रोष प्रकट गरे । ‘यस्तो तालले एमाले गरिखाँदैन । पार्टी यसरी चल्दैन । यो त बेइमान भयो,’ ओलीले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ