arrow

देश वास्तवमा मन थाम्न गाह्रो हुने गरी बरबादीतर्फ जाँदै छ : ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ४ बुधबार
pm-kp-oli1.jpg

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बरबादीतर्फ जाँदै गरेको टिप्पणी गरेका छन् । बुधवार एमालेको प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले अहिलेको सरकार सञ्चालकहरू अयोग्य र भ्रष्ट साबित भएको आरोप लगाए । 

ओलीले सरकारमा रहेकाहरू नातावाद कृपावादलाई आदर्श बनाएर कुदेको र देशको अर्थतन्त्रलाई वरवादीतर्फ धकेल्दै लगेको सुनाए । उनले भने,' नातावाद कृपावादलाई आदर्श बनाएर हुर्किएको, देशको अर्थतन्त्रलाई बरबादीतर्फ धकेल्दै लगेको अवस्था छ ।' 

समाजलाई तनावग्रस्त अवस्थातर्फ धकेल्दै लगेको र अन्तर्राष्ट्रिय सम्बन्धलाई अनुचित ढङ्गले खलबल्याएका कारण देशको भविष्य नै के होला भन्ने गम्भीर चिन्ता पैदा भएको उनको भनाई छ । उनले भने,' देशभित्रको राजनीतिक सम्बन्धलाई तनावग्रस्त र कटुतापूर्ण बनाउँदै लगेको र  अन्तर्राष्ट्रिय सम्बन्धलाई असन्तुलित र अनुचित ढङ्गले खलबल्याएको अवस्था छ ।'

देशको अवस्था केलाउँदै उनले भने,' यदि कसैले अलिकति सोच्यो भने आफ्नो स्वार्थका पछाडि कुद्ने केही व्यक्ति वा जमातबाहेक, कसैले सोच्यो भने, देश वास्तवमा मन थाम्न गाह्रो हुने गरी बरबादीतर्फ जाँदै छ । यस्तो अवस्थामा हामी छौँ।' 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ