arrow

गभर्नर अधिकारीको राजीनामा माग्दै तीन विद्यार्थी संगठन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ५ बिहिबार
mahaprasad-adhikari-birodh.jpg

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बिहीबार माइतीघरमा कार्टुन प्रदर्शनसहित विरोध कार्यक्रम आयोजना भएको छ ।

नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र समर्थित अखिल क्रान्तिकारी र नेकपा एस समर्थित अनेरास्ववीयूका विद्यार्थीहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गर्दै राजीनामा माग गरेका हुन् ।

नेकपा एमालेको अर्थ तथा वाणिज्य विभागमा सदस्य रहेका एम अधिकारी र गर्भनर अधिकारी एकै व्यक्ति भएको भन्दै उनीहरुले राजीनामा मागेका हुन् । 

विरोध प्रदर्शनसँगै आयोजित सभालाई नेविसंघका दुजाङ्ग शेर्पा, क्रान्तिकारीकी पन्चा सिंह र अनेरास्ववीयूका सुदेश पराजुलीले सम्बोधन गरेका थिए । प्रदर्शनकारीहरूले गभर्नरको राजीनामा वा बर्खास्तीको माग राख्दै व्यंग्यचित्रसमेत प्रदर्शन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ