arrow

वीर अस्पतालमा तीस करोड भुक्तानी, स्वास्थ्य सचिव र प्रशासकीय अधिकृतको नाममा पाँच प्रतिशत असुली

कर्तुत थाहा पाएपछि सचिव पोखरेलले वीर अस्पतालको वार्षिकोत्सवपछि भ्रष्ट कर्मचारीहरुलाई हटाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ६ शुक्रबार
bir-hospital-lok-bd-bohara-bhagwati-thapaliya.jpg

काठमाडौं । देशमा लोकतन्त्र आएको वर्षौं भइसक्दा पनि अहिलेसम्म असार मसान्तलाई आधार मानेर भ्रष्टाचार गर्ने क्रम रोकिएको छैन । असारमा हतारमा गरिएका कामको हिसाबकिताब राख्नेसमेत फुर्सद हुँदैन भन्ने भएपछि यसमा उद्दत हुने धेरै छन् । 

ठ्याक्कै भएको छ नेपालकै सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालमासमेत । गत असार मसान्तमा मात्रै वीरमा ३० करोड रुपैयाँ भुक्तानी भएको छ । वीर अस्पतालका लेखा शाखा, खरिद इकाईका केही कर्मचारी र स्टोरका कर्मचारीले उपकरण लगायत नियमित स्वास्थ्य सामग्री खरिदको ३० करोड भुक्तानी दिने क्रममा माथि बुझाउनुपर्छ भनेर ५ प्रतिशत घुस असुली गरेको एक ब्यापारीले गुनासो गरेका छन् ।  

खरिद एकाइ कर्मचारी स्रोतका अनुसार स्वास्थ्य सचिव डा रोशन पोखरेल र र वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृतलाई बुझाउनुपर्छ भनेर ५ प्रतिशत घुस असुली गरेका हुन् । जुन नामको घुस सचिव सहितका सम्बन्धितलाई नदिइ लेखाका प्रमुख लोकबहादुर बोहरा र बेरुजु शाखा प्रमुख भगवती थपलिया सहितले भागबण्डा गरेको आरोप छ । 

३० करोड बराबरको नियमित स्वास्थ्य सामग्री र उपकरण खरिदमा लेखा, खरिद र स्टोरका कर्मचारीले माथि बुझाउनुपर्छ भनेर घुस असुली गरेको सूचना स्वास्थ्य सचिव र प्रमुख प्रशासकीय अधिकृतसम्म पनि पुगिसकेको छ । 

वीरमा माथिको नाम लिंदै कमिशन लिएको बारेमा सचिव पोखरेलले चासोसमेत राखेका छन् । उपकरण खरिद र असार मसान्तमा ३० करोड भुक्तानीका क्रममा कमिनशनको चलखेलका बारेमा स्वास्थ्य सचिवले जानकारी पाएपछि प्रशासन समूहका कर्मचारीको सरुवा गर्ने तयारी गरेका छन् । 

आगामी साउन १२ गते वीर अस्पतालको वार्षिकोत्सवपछि कमिशनखोर कर्मचारीहरुको सरुवा गर्ने निष्कर्षमा सचिव पोखरेल पुगिसकेको स्रोतले बताएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वीर अस्पतालमा कार्यरत प्रशासन समूहका कर्मचारीलाई सरुवा गर्ने तयारी गरेको हो ।

वीर अस्पतालको खरिदको भुक्तानीका क्रममा भएको कमिशनको चलखेलका बारेमा सामान्य प्रशासन सचिव सुरेश अधिकारीकोमा समेत उजुरी परेको छ । उक्त उजुरी मौखिक तथा अनलाइनबाट भएको जनाइएको छ । 

वीर अस्पतालको खरिदमा कति धेरै अनियमितता भएको छ भन्ने दृष्टान्त हो, क्याथ ल्याब र ओटी टेबल । मिल्दै नमिल्ने स्पेसिफिकेसनका आधारमा टेण्डर स्वीकृत गरी करोडौं अनियमितता गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । डा समीर अधिकारीसहितको टोलीले खरिदमा अनियमितता गरेको उजुरीमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ