- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा मङ्कीपक्स भाइरसको पहिलो केस पुष्टि भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
आधिकारीक स्रोतलाई उदृत गर्दै पीटीआई समाचार एजेन्सीले मङ्कीपक्सको संक्रमण देखिएका ती व्यक्तिको विदेश यात्राको कुनै इतिहास नभएको जनाएको छ ।
नाम नखुलाइएका ३१ वर्षीय पुरुषलाई मौलाना आजाद मेडिकल कलेजमा भर्ना गरिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
बिरामीलाई ज्वरो र छालामा घाउ देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
यो भारतमा भेटिएको चौथो मङ्कीपक्सको केस हो। अघिल्ला तीन केसहरु दक्षिणी केरला राज्यमा फेला परेका थिए ।
भारतमा पहिलो पटक जुलाई १४ मा मङ्कीपक्स लागेका व्यक्ति फेला परेका थिए । जुलाई १४ मै दोस्रो केस केरलाको कन्नूर जिल्लामा र तेस्रो जुलाई २२ मा केरलाको मलाप्पुरम जिल्लामा भेटिएको थियो ।
शनिबार, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मन्कीपक्सलाई अन्तर्राष्ट्रिय चिन्ताको विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सीले प्रभावित समुदायहरूको स्वास्थ्य, मानव अधिकार र मर्यादाको रक्षा गर्ने उपायहरू अपनाउन राष्ट्रहरूलाई आह्वान गरेको छ।
हालसम्म विश्वभर ७५ देशमा १६ हजारभन्दा बढी मङ्कीपक्सका संक्रमित भेटिएको र अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको जानकारी दिइएको छ ।
विश्वभर एवं छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीमा समेत मङ्कीपक्सको संक्रमण फैलिएसँगै नेपालमा समेत चिन्ता बढेको छ । दिल्लीमा नेपालीहरुको आवात जावत बाक्लो हुनेहुँदा समेत नेपालमा पनि संक्रमण भित्रिन सक्ने चिन्ता झनै बढेको हो ।