arrow

डुबेर चार जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ८ आइतबार
drowning.jpg

काठमाडौं । अर्घाखाँची, रुपन्देही, कपिलवस्तु र मोरङमा डुबेर चार जनाको मृत्यु भएको छ । अर्घाखाँचीको मालारानी गाउँपालिका–४ मखता बस्ने २० वर्षीय बिक्रम खनालको सितगंगा नगरपालिका–१२ कुन्द्रे खोलामा डुबेर शनिबार मृत्यु भएको छ । 

खोलामा पौडी खेल्ने क्रममा डुबेर बिक्रम बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा अचेत अवस्थामा उनलाई फेला पारेको थियो । 

उनको सामुदायिक अस्पताल ४ नम्बर कपिलबस्तुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रूपन्देहीको कञ्चन गाउँपालिका–१ हात्ती बजार बस्ने ७ वर्षीया रीतु गमालको सोही ठाउँस्थित नमूना सामुदायिक वनमा रहेको पोखरीमा डुबेर शनिबार मृत्यु भएको छ । 

साथीहरूसँग खेल्दै जाने क्रममा चिप्लिएर उक्त पोखरीमा डुबेर अशक्त भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । 

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–८ पचगैया बस्ने १८ वर्षीया सिता यादवको घर नजिकको खेतस्थित पानी जमेको खाल्डोमा डुबेर शनिबार साँझ मृत्यु भएको छ । 

खेतमा काम सकी उक्त पानी जमेको खाल्डोमा हातखुट्टा धुने क्रममा उनको डुबेर मृत्यु भएको बताइएको छ । 

मोरङको सुनवर्षी नगरपालिका–९ भेडुवाथान बस्ने दिलिप सुतियारको तीन वर्षीय छोरा राहुल सुतियारको सोही ठाउँस्थित पोखरीमा डुबेर शनिबार मृत्यु भएको छ । 

पोखरिमा डुबेर अशक्त अवस्थामा फेला परेका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ