arrow

आवाजबाटै विद्युतीय उपकरण नियन्त्रण गर्ने उपकरण बनाए एसपीएका छात्राले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ९ सोमबार
spa-students-sound-order-technology.jpg

धनगढी । स्वीच टाढा भएर, शारीरिक अपांगता भएर वा अन्य कुनै कारणले इलेक्ट्रोनिक्स डिभाइस (उपकरण) लाई कन्ट्रोल गर्न अप्ठेरो हुने समस्याको समाधान धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजमा अध्ययनरत विधार्थीहरुले निकालेका छन् ।

उनीहरुले एक यस्तो उपकरणको विकास गरेका छन् जसले आवाजबाटै विद्युतीय उपकरणहरुहरु कन्ट्रोल (बन्द–खुल्ला) गर्न सकिन्छ । अर्थात् अब अल्छी लागेका बेला बिस्ताराबाट उठेर स्वीच सामु पुगिरहनु पर्दैन र शारीरिक अपांगता भएका व्यक्तिले सहजै आफ्नो पहुँच क्षेत्रबाट विद्युतीय उपकरणलाई नियन्त्रणमा राख्न सक्नेछन् ।

एसपीएको बीएचएम तेस्रो सेमेष्टरमा अध्ययनरत छात्राहरुहरु अनुजा आचार्य, कञ्चन विष्ट र लक्ष्मी चन्दले ‘भ्वाइस कन्ट्रोल अपलाइन्सेस’ नामको उपकरणको विकास गरेका छन् । आफ्नो प्रोजेक्टका रुपमा उनीहरुले विकास गरेको उपकरणले बोलीकै माध्यमबाट बत्ती, पंखा, मोटर, एसीलगायत सम्पूर्ण विद्युतीय उपकरणलाई कन्ट्रोल गर्न सकिन्छ ।

‘मुख्यगरी शारीरिक अपांगता भएका व्यक्तिहरुमाथि रहेको वा टाढा रहेको विद्युतीय उपकरणको स्वीचसम्म पुग्न नसक्ने स्थिति हुनसक्छ,’ अनुजाले भनिन्, ‘उहाँहरुको सहजताका लागि हामीले यो उपकरणको डिजाइन गरेका हौं । यसले जहाँबाट पनि आवाजकै माध्यमबाट इलोक्ट्रोनिक्स डिभाइसहरु अन–अफ गर्न सकिन्छ ।’

यस उपकरणको सहायताले व्यक्तिको प्रत्यक्ष सम्पर्क बिजुलीसँग नहुने वा स्वीच थिचिरहनु पर्ने नभएकाले करेन्ट लाग्ने वा अन्य बिजुलीजन्य दुर्घटनाहरुबाट पनि जोगिन मद्दत पुग्नेछ ।

एसपीए कलेजका बीआईएम कार्यक्रम निर्देशक इन्जिनियर भीम पुन र इन्स्ट्रक्टर रविन्द्र रानाले सहयोगमा विधार्थीहरुले उक्त उपकरणको विकास गरेका हुन् ।

कार्यक्रम निर्देशक पुनले एसपीएले विधार्थीहरुले शैद्धान्तिक ज्ञानसँगसँगै दैनिक जीवनमा उपयोगी व्यवहारिक ज्ञान पनि सिकाउँदै आएको ज्वलन्त उदाहरण यो विकास भएको बताए ।

‘विद्यार्थीहरुले जुन किसिमको प्रविधि विकास गरेका छन् त्यो विकास नभएर आविष्कार हो’ पुनले भने, ‘सुचना र व्यवस्थापनलाईसँगै जोडेर सामान्य मानिसका समस्या हल गर्न एसपीएका विधार्थीहरु दत्तचित्त भएर लागेका छन् । उनीहरुलाई आइटी क्षेत्रबाट समाज र देश रुपान्तरणमा अघि बढाउने संकल्पका साथ एसपीए अघि बढेको छ ।’

सुदूरपश्चिममा त्रिभुवन विश्वविद्यालयको बीआईएम कार्यक्रम पढाई हुने एसपीए एकमात्रै शैक्षिक संस्था हो । बीआईएम विषय जुनसुकै संकायबाट १२ पास विद्यार्थीहरुले पढ्न पाउँछन् । 

त्यसका लागि सिम्याट (प्रवेश परीक्षा) परीक्षा दिनुपर्छ । एसपीएमा साउन १५ गतेबाट सीम्याट कक्षाहरु सञ्चालन हुने तयारीमा छन् । बीआईएम पढ्न चाहने विद्यार्थीले तुरुन्त कलेजमा सम्पर्क राख्न कार्यक्रम निर्देशक पुनले जानकारी दिए ।

केही समयअघिमात्रै धनगढीमा भएको सुदूरपश्चिमाञ्चरस्तरीय स्टार्टअप एण्ड आइडिया फेस्टमा एसपीएको बीआईएम पढिरहेका विधार्थीहरुले बनाएका दुई प्रोजेक्टहरु शीर्ष ५ भित्र पर्न सफल भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ