- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । गण्डकी प्रदेश खेलकुद परिषदले नवौं राष्ट्रिय खेलकुद तथा प्रदेशमा सञ्चालन हुने प्रतियोगिताहरु सम्पन्न गर्ने गरी कार्य विभाजन गरेको हो । परिषदको सोमबार सम्पन्न पूर्ण बैठकले विभिन्न समिति गठन गरेको हो ।
जसमा खेल स्थल व्यवस्थापन, अनुशासन तथा प्राविधिक समिति संयोजकमा खगेन्द्र क्षेत्री र सदस्यमा योगेन्द्र गुरुङ, बसोवास व्यवस्थापनमा योगेन्द्र शेरचन, स्वास्थ्य निर्मला बराल र सदस्यमा शुभकन्या गुरुङ छन् ।
यसैगरी यातयातमा तारा माया थापा, सुरक्षामा ऋषिराम गौतम, प्रचारप्रसारमा केशव पाठक, खेल सामाग्री तथा पोशाकमा अमृत बराल, स्रोत परिचालनमा दिलबहादुर गुरुङलाई जिम्मेवारी दिएको छ ।
यस्तै, अनसन्धानमा गण्डकी विश्वविद्यालय, स्वयंसेवकमा गिरमान गुरुङ र सदस्यमा बासु बराल, अतिथि सत्कारमा विष्णुमायाँ गुरुङ र सदस्यमा चन्दा घले गुरुङ, समारोहमा वसन्तराज दवाडी र सदस्यमा आकृति भण्डारी छन् ।
परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङको अध्यक्षतामा बसेको बैठकले खेल सञ्चालन कार्यविधि २०७९ छलफल पछि स्विकृतिका लागि युवा तथा खेलकुद मन्त्रालयमा पठाउने निर्णयसमेत गरेको छ ।
यस्तै, आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सम्पन्न हुने नवौं राष्ट्रिय खेलकुदको तयारी तथा टिम छनोट तथा बन्द प्रशिक्षणका लागि करिव सात करोड खर्च रकम स्विकृतिका मन्त्रालय पठाउने निर्णयसमेत गरेको प्रदेश खेलकुदका सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिए ।