arrow

सीसीटीभी फुटेज : ४ बजे पुनः बस्दै समितिको बैठक, विज्ञले विश्लेषण गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १० मंगलबार
janardan-budget.PNG

काठमाडौं । बजेट निर्माणको समय अनधिकृत व्यक्तिको प्रवेश सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक पुनः बस्ने भएको छ । आज बिहान ८ बजे बसेको बैठकले प्रतिवेदनमा भएका कुराको विश्लेषण विज्ञबाट गराउने भनेपछि ४ बजे पुनः बैठक बस्न लागेको हो ।

नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले समितिलाई दिएको फरेन्सिक रिपोर्ट बिहान खोलिए पनि सीसीटीभी फुटेज बारे विज्ञहरूबाटै विश्लेषण गरिने भएको छ । प्रयोगशालाले मन्त्रालयको सीसीटीभी फुटेज रिकभर सम्बन्धी रिपोर्ट सोमबार समितिलाई बुझाएको थियो ।

गत जेठ १४ गते राति अर्थ मन्त्रालयमा बिचौलियालाई बोलाएर करका दर हेरफेर गरेको तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि आरोप छ । उनले सोही आरोपमा राजीनामा दिइसकेका छन् । 

शर्माले अर्थ मन्त्रालयको जेठ १४ गते रातिको सीसीटीभी फुटेज बारे आफूलाई केही जानकारी नभएको बताउदै आएका छन् । उनले आफूलाई सीसीटीभी कति दिनसम्म रहन्छ भनेर के थाहा ? भनेर जवाफ दिएका छन् ।

समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज नपाएपछि ‘रिकभर’का लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाएको थियो । समितिले रिकभर भएको फुटेज जेठ १४ रातिको छ वा छैन भन्नेबारे अझै खुलाएको छैन । 

यसअघि समितिले अर्थ मन्त्रालयका अधिकारीसँग बयान लिएको थियो । बयानका क्रममा ती अधिकारीहरूले मन्त्रालयमा बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश नभएको दाबी गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ