arrow

चन्द्र धरातलमा उत्रेका बज एल्ड्रिनले त्यतिबेला लगाएको ज्याकेट २८ लाख डलरमा बेचियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ११ बुधबार
Buzz-aldrin.jpg

काठमाडौं । सन् १९६९ मा अपोलो ११ मिशनमार्फत पहिलो पटक चन्द्र धरातलमा पाइला टेक्ने मानव हुन् अन्तरिक्षयात्री निल आर्म्स्ट्रङ र बज एल्ड्रिन । निल आम्स्ट्र्रङको सन् २०१२ मा निधन भइसकेको छ भने बज एल्ड्रिन ९२ वर्ष पुगेका छन् ।

बज एल्ड्रिनले त्यतिबेला लगाएको अन्तरिक्ष सुट अथवा ज्याकेट एक किर्तीमानी लिलामीमा २८ लाख अमेरिकी डलरमा बेचिएको छ ।

सोथेबीज न्यूयोर्कमा आयोजित लिलामीमा 'बज एल्ड्रिन: अमेरिकन आइकन'को एक हिस्साका रुपमा रहेको ज्याकेट १० लाखदेखि २० लाख अमेरिकी डलरमा बिक्री हुनसक्ने अपेक्षा गरिएको थियो ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Sotheby's (@sothebys)

अपोलो ११ मिशनको प्रतीकको माथि बायाँ स्तनमा एल्ड्रिनको नामको ट्याग र बायाँ काँधमा अमेरिकी झण्डा देखिने ज्याक जब लिलामीको लागि प्रस्तुत गरियो । धेरै इच्छुक खरिददारहरूले यसको लागि आफ्नो बोली लगाए । तर अन्ततः फोनमार्फत बोली लगाएका एक जनाले उक्त लिलामी २८ लाख अमेरिकी डलरमा जिते ।

सोथेबीका अनुसार ज्याकेट आगो प्रतिरोधी सामग्रीबाट बनेको हो जसलाई बीटा कपडा भनिन्छ । १९६७ मा अपोलो १ मा सवार तीन अन्तरिक्ष यात्रीहरूको आगोकै कारण मृत्यु भएको यी स्पेससूटहरु आगो प्रतिरोधी बनाउन थालिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ