arrow

एसईईको नतिजा सार्वजनिक, नतिजा यसरी हेरौं 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ११ बुधबार
SEE-1280x720.jpg

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। बुधबार दिउँसो बसेको बोर्ड बैठकको निर्णयअनुसार एसईईको नतिजा सार्वजनिक गरिएको हो । 

सार्वजनिक नतिजाअनुसार उच्च जीपीए (जीपीए तीन दशमलव ६ देखि चार ल्याउने) नौ हजार ६३३ जना रहेका छन् । जसमा बागमतीका ४ हजार ६०२, मधेसका १ हजार ५३१, लुम्बिनीका १ हजार २२०, प्रदेश १ का १ हजार १८७, गण्डकीका ७८४, सुदूरपश्चिमका १९५ र कर्णालीका ११४ जना हुन् । 

गत ९ बैशाखदेखि शुरु भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका पाँच लाख १४ हजार ७ ६० जना परीक्षार्थी सहभागी थिए । 

कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेको थियो । 

यसरी पाउनुस् नतिजा–
एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ। परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ। एसएमएसका लागि सर्टकोडहरू ३५००१, ३४९४९, ३१००३ र १६०० रहेका छन् ।

त्यसैगरी www.see.gov.np, www.neb.gov.np, www.see.ntc.net.np बाट पनि नतिजा हेर्न सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ