arrow

पचासबढी मानिसलाई आक्रमण गर्ने बाँदरलाई गोली हानेर मारियो, समूहका अन्यको खोजी जारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १२ बिहिबार
monkeys.jpeg

काठमाडौं । जापानी शहरका बासिन्दाहरूलाई हप्तासम्म आतंकित गर्ने बाँदरहरूको समूहमध्येको एउटालाई पक्राउ गरी मारिएको अधिकारीहरूले बताएका छन् । उक्त भाले बाँदरलाई मंगलबार साँझ उच्च विद्यालयको मैदानमा विशेष कमिसनका शिकारीले फेला पारेका थिए ।  

शुरुमा यसलाई बेहोस पारिएको थियो । त्यसपछि उक्त बाँदरलाई मारिएको थियो । उक्त बाँदरको समूहले  झण्डै ५० जनालाई घाइते बनाइसकेको छ । 

करिब ३ साताअघि वयस्क र बालबालिकामाथि आक्रमण शुरु भएदेखि अधिकारीहरूले बाँदरको शिकार गरिरहेका छन् । बाँदरले हल्का चिथोर्नेदेखि टोक्नेसम्म गरेका छन् । आक्रमणकारी बाँदरका अन्य सदस्यहरूको खोजी जारी रहेको अधिकारीहरूले बताएका छन् ।

आक्रमणकारी अन्य बाँदरहरूको पनि खोजी भइरहेको प्राप्त विवरणमा जनाइएको छ । ‘प्रत्यक्षदर्शीहरूले विभिन्न आकारका बाँदरले हमला गरेको बताएका छन् । नयाँ आक्रमणको रिपोर्टहरू पाइरहेका छौं’ कृषि मन्त्रालयका एक अधिकारीको भनाइ उदृत गर्दै एएफपीले जनाएको छ ।

शुरुमा केटाकेटी र महिलालाई मात्र आक्रमण हुने गरेकोमा बाँदरले पछिल्ला दिनमा वृद्ध र वयस्क पुरुषहरूलाई पनि निशाना बनाएको प्राप्त विवरणमा जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ