- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दोहा । सन् २०२२ मा हुने विश्वकपको टिकट बेच्नेलाई कारबाही हुने भएको छ । नोबेम्बरदेखि आयोजना हुने विश्वकपमा फिफाको अनुमतिबिना टिकट बेच्ने वा साट्नेलाई कतारी रियाल २ लाख ५० हजार जरिवाना हुने भएको हो ।
मन्त्रालयका अनुसार विश्वकप आयोजना गर्ने उपायसम्बन्धी २०२१ को कानुन नम्बर (१०) अनुसार फिफा र कानुन मन्त्रालयको अनुमति बिना टिकट जारी गर्ने, बेच्ने, पुनः बिक्री गर्ने वा साटासाट गर्ने जो कोहीलाई २ लाख ५० हजार रियालसम्म जरिवाना हुने प्रावधान रहेको छ ।
कुनै पनि पुरस्कार, चिट्ठा, होटेल तथा उडान प्याकेज वा अन्य कुनै व्यवसायीक प्रयोजनमा फिफाको अनुमति बिना विश्वकपको टिकट प्रयोग गर्न पाइने छैन । त्यस्ता अवैध रूपमा स्थानान्तरण गरिएका टिकटहरू मान्य नहुने र बिना सूचना कुनै पनि समयमा टिकट रद्द गर्न सकिने मन्त्रालयले जनाएको छ ।
नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने प्रतियोगिताका लागि विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ ।