arrow

त्रिभुवन राजपथमा यातायात पुनः सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १२ बिहिबार
Hetauda-Kulekhani-Sadak.jpg_1617976927.jpeg

मकवानपुर । त्रिभुवन राजपथअन्तर्गतको हेटौँडा- काठमाडौँतर्फको यातायात पुनः सञ्चालनमा आएको छ । भीमफेदी गाउँपालिका- १ भैसे- हेटौँडा सडकको बाघझोलामा गए राति पहिरोले यातायात सेवा अवरुद्ध भएको थियो । 

आज बिहानदेखि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । डोजरले पहिरो हटाई सवारीसाधन गन्तव्यमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

हेटौँडाबाट गएका र भैसेतर्फबाट आएका सयौँ सवारी साधन आ- आफ्नो गतव्यतर्फ लागेको प्रहरीले जनाएको छ । उक्त सडकखण्डमा झण्डै सात घण्टा यातायात अवरुद्ध भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ