arrow

झापा पुगेर ओलीले भने- २०६४ को संसदीय निर्वाचन जस्तो नहोस्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १३ शुक्रबार
KP-OLI-SIR_1617875794.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विसं २०६४ को संसदीय निर्वाचनमा आफूलाई हराएपछि पछुताउनु परेको कार्यकर्तालाई स्मरण गराएका छन् । बिहीबार झापाको दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ‌ओलीले २०६४ को निर्वाचनमा आफ्नै कार्यकर्ताले अरूलाई भोट हालेर आफूलाई हराएको भन्दै उनले आगामी निर्वाचनमा यस्तो गल्ती गर्ने छुट कसैलाई नभएको बताएका छन् । 

तत्कालीन समयमा आफूलाई हराएको एक वर्ष नबित्दै क्षेत्र नं ७ का बासिन्दाले पछुतो मान्नु परेको स्मरण गराउँदै उनले गल्तीलाई फेरि दोहोरिन नदिन आग्रह गरे । उनले ठट्टा गर्दै भने, “२०६४ सालको निर्वाचनमा पार्टीका कतिपय साथीले भोट अन्तै हालेर मलाई हराउनुभयो, तर उहाँले जिताएर पठाएको मान्छे आज कहाँ छ ?” 

स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकाले हार्नुको कारणबारे कार्यकर्तालाई प्रश्न गरेका छन्। अध्यक्ष ओलीले दलको झन्डा बोकेर विरोधीलाई भोट हालेर जिताउने छुट कसैलाई नभएको भन्दै आक्रोश व्यक्त गरे । उनले कार्यक्रममा पार्टीको सिद्धान्त तथा नीति सबैले बुझ्नु पर्ने र दोहोर्‍याएर गल्ती गर्ने काममा नलाग्न सबै कार्यकर्तालाई निर्देशन दिए ।

बिहीबार अध्यक्ष ओलीले कमल र गौरीगञ्ज गाउँपालिका तथा गौरादह नगरपालिकाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ