arrow

तीजमा चेलीहरू माइत जाँदा तीन वर्ष सम्मका पोथ्रा नाघेर जान्छन् : ओली  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १६ सोमबार
pm-kp-oli1.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरितालिका चिजले नारीहरूमा उल्लास थप्ने बताएका छन् । आइतबार एक कार्यक्रममा तीजमा चेलीहरू माइत जाँदा ३ वर्ष सम्मका रुखा पोथ्रा नाघेर जान्छन् भन्दै उखान टुक्का भरे ।

तीजमा दाजुभाइले बोलाए चेलीबेटीको सबै पिर सकिने बताए । ओलीले भने,' कहिले कहिले चेलीबेटीहरूले असाध्यै चित्त दुखाउँछन्, दाजुभाइहरू सँग । निम्ता पनि गरेन, बोलाउन पनि बोलाएन भनेर बढो चित्त दुखाउँछन् । तीजमा बोलाइदिई सकेपछि सबै राफसाफ भइहाल्छ । २,३ दिन अगाडीबाट गीत गाउँदै हुन्छन्, बोलाइँदैन कि क्या हो भनेपछि अल्लि टाढा माइती छ भने बोलाउने भएनन् भनेर गीत गाउँदै गरेका हुन्छन् । तीजका बेलामा सबै जान्छन् माइत ।' 


रुखा पोथ्रा नाघेर जान्छन् भन्दै उनले आफुले नदेखेको सुनाए । उनले भने, 'यस्तोमा बोलाइदियो भने चाडै खुसी भएर, टाढै भए पनि, एउटा भनाई छ, तीजमा चेलीहरू माइत जाँदा ३ वर्ष सम्मका पोथ्रा चाहिँ नाघेर जान्छन् । भनेपछि कति खुसी हुन्छन् । ३ वर्षका रुखका पोथ्राहरू त कति ठुला हुन्छन् होला, ती पनि नाघेर जान्छन् । यो भनाई छ, यो चलन छ । नाग्छन् कि नाग्दैनन् त्यो त मालाई थाहा छैन, मैले देखेको पनि छैन ।' 

ओलीले बढ्दो आधुनिकताले चार्डपर्वहरु लोभ हुने स्थितिमा पुगेको भन्दै चार्डपर्वहरुको संरक्षण गर्नु सबैको दायित्व रहेको बताए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ