arrow

नयाँ नक्सा सार्वजनिक गरेपछि प्रधानमन्त्रीबाट हट्नुपर्‍यो : ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १७ मंगलबार
pm-kp-oli3.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा सार्वजनिक गरेपछि आफूलाई प्रधानमन्त्री पदबाट हटाइएको दाबी गरेका छन् ।  ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा समाहित गरेपछि आफू प्रधानमन्त्रीबाट हट्नु परेको सोमबार राजधानीमा दाबी गरेका हुन् । 

सुगौली सन्धि अनुसार लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको भएको दाबी गर्दै ओलीले उक्त क्षेत्र नेपालको नक्सामा समावेश गर्दा ठूलै उपद्रो मच्चिने कुरा आफूलाई पहिलै थाहा भएको उनको भनाई छ । सुगौली सन्धिले महाकाली नदीलाई सिमाना मानेपछि लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग नै भएकोमा विवाद नरहेको ओलीको भनाई छ ।

ओलीले नाकाबन्दी सदाका लागि अन्त्य गरेबापत आफूले यसअघि पनि प्रधानमन्त्री पद गुमाउन परेको उल्लेख गरे ।  ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदा चीनसँग पारवहन सन्धि गरेपछि आफूलाई हटाइएको भन्दै दोस्रो पटक लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि हट्नुपरेकोमा कत्ति पनि हीनताबोध नरहेको बताए । उनले आफूहरू कसैका विरुद्ध नरहेको भन्दै आफ्नो राष्ट्रियताका पक्षमा रहेको बताए । ओलीले आफू शब्द जालले काम नगर्ने बताउँदै राष्ट्रिय हितप्रति समर्पित भएर सफलता प्राप्त गर्नु नै कूटनीति भएको बताए । 

ओलीले भने,' त्यसलाई सुगौली सन्धिमा महाकाली पारीको भूभाग नेपालको भनेपछि विवादको विषय नै हुन सक्दैन । तर नेपालको नक्साबाट त्यो भूभाग हटाइएको रहेछ । त्यसलाई सामेल गरेपछि त्यति बेला मलाई थाहा थियो यहाँ ठूलै उपद्रो मच्चिने वाला छ । मलाई प्रधानमन्त्रीबाट हट्नुपर्ने, नभन्दै हट्नुपर्‍यो पनि ।'

त्यसै गरी पहिलो पटक प्रधानमन्त्री हुँदा चीनसँग पारवहन सन्धि गरेपछि हटाएको ओलीको भनाई छ । उनले आफू प्रधानमन्त्रीबाट हटेकामा कुनै पिर चिन्ता नभएको तर देश गलत दिशातर्फ गइरहेका पति पिर लागेको बताए । 

फरक प्रसङ्गमा ओलीले नेपालको पानीको सदुपयोग हामी आफैले गर्न नपाएको बताएका छन् । कोशी नदी नेपालमै भए पनि त्यसको पानीबाट नेपालले फाइदा नभएको भन्दै त्यसका लागि राष्ट्रिय हित खोज्नुपर्ने ओलीको भनाई छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ