arrow

समितिको प्रतिवेदन कार्यान्वयन नगर्न माग गर्दै ल्याएको रिट सर्वोच्चद्वारा दरपीठ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १८ बुधबार
janardan-budget.PNG

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्ति प्रवेश गराएका हुनाले छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन तत्काल कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा ल्याएको रिट निवेदनलाई अदालतले दरपीठ गरेको छ ।

सर्वोच्चले अर्थमन्त्री शर्मामाथि उच्चस्तरीय छानबिन गर्न माग गर्दै ल्याएको रिट निवेदनलाई दरपीठ गरेको हो ।

सर्वोच्च अदालत प्रशासनले उपभोक्ता हित संरक्षण मञ्चले अर्थमन्त्री शर्माले बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्ति प्रवेश गराएको हुनाले उच्चस्तरीय छानबिन हुनुपर्ने माग गरिएको रिट निवेदनलाई दरपीठ गरेको हो । 

सर्वोच्च अदालतका कामु रजिष्टार नारायणप्रसाद पन्थीले प्रक्रिया पूरा नगरी रिट निवेदन ल्याएको हुनाले दरपीठ गर्नुपरेको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ