arrow

साइकल खरिदमा अनियमितता : तत्कालीन सचिवसहित आठ जनालाई कैदको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १९ बिहिबार
BawliBetiBachaoBetiPadhao.jpg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका तत्कालीन सचिवसहित आठ जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिद प्रकरणमा अनियमितता भएको ठहर गर्दै अख्तियारले उनीहरू विरुद्ध आरोप पत्र दायर गरेको हो ।

अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव यामप्रसाद भुसाल, चिफ डिभिजन इन्जिनियर भगवान् झा (मूल्याङ्कनकर्ता), सह लेखापाल राजाराम मण्डल, भण्डार शाखा प्रमुख स्वार्थ महतो, भण्डार शाखाका खरिदार मोहनकुमार दास, ओम सत्य साई प्रालिका प्रबन्ध निर्देशक रेनु अग्रवाल, अधिकृत आठौँ तहका सुरेन्द्रकुमार कर्ण र उपसचिव दिलीपकुमार प्रधानविरुद्ध आरोप पत्र दायर गरेको छ।

 गुणस्तरहीन छात्रा साइकल खरिद गर्दा १० करोड ३३ लाख रुपियाँ प्रदेश सरकारलाई नोक्सानी भएको ठहर गर्दै आयोगले संलग्न सबैलाई बिगोबमोजिम जरिवाना र कैद सजायको माग गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ