arrow
ADVERTISEMENT

अमेरिकाभर जनस्वास्थ्य सङ्कटकाल घोषणा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २० शुक्रबार
Monkeypox.jpg

काठमाडौं । अमेरिकाले मङ्कीपक्स प्रकोपलाई राष्ट्रिय जनस्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ । अमेरिकाभर संक्रमितहरुको सङ्ख्या बढ्दै गएपछि बिहीबार जनस्वास्थ्य सङ्कटकाल घोषणा गरिएको हो । यसअघि विभिन्न राज्य र शहरहरूले मङ्कीपक्स सङ्कटकाल घोषणा गरेपनि राष्ट्रिय सङ्कटकाल भने घोषणा गरिएको थिएन ।

स्वास्थ्य र मानव सेवा विभागसँगको छलफलको समयमा यो घोषणा गरिएको हो । प्रकोपलाई सम्हाल्ने सन्दर्भमा बाइडेन प्रशासनको आलोचना भइरहेको र केहीले सरकारलाई ढिलाइ नगरी राष्ट्रिय सङ्कटकाल घोषणा गर्न आह्वान गरेको सन्दर्भमा बाइडेन प्रशासनले सङ्कटकाल घोषणा गरेको हो ।

अमेरिकामा मेको मध्यमा मङ्कीपक्सको पहिलो संक्रमण पत्ता लागेको थियो । त्योयता अमेरिकामा ६ हजार ६ सयभन्दा धेरै पुष्टि भएका र सम्भावित संक्रमणहरु भेटिएका छन् । मोन्टाना र वायोमिङ बाहेक सबै राज्यमा संक्रमण पहिचान गरिएको छ।

विश्व स्वास्थ्य सङ्गठनले गत महिना मङ्कीपक्स अन्तर्राष्ट्रिय चिन्ताको जनस्वास्थ्य सङ्कटकाल भएको घोषणा गरेको थियो । डब्ल्यूएचओले अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य सङ्कटकाल एक असाधारण घटनाको रूपमा परिभाषित गर्दछ । रोगको अन्तर्राष्ट्रिय फैलावट मार्फत जनस्वास्थ्य जोखिम भएको अवस्थामा विश्व स्वास्थ्य सङ्गठनले यस्तो घोषणा गर्दछ ।

न्युयोर्क शहर, सान फ्रान्सिस्को, क्यालिफोर्निया, इलिनोइस र न्युयोर्क राज्य लगायतका केही सहर र राज्यहरूले पहिले नै मङ्कीपक्स सङ्कटकाल घोषणा गरिसकेका छन् । जसले गर्दा उनीहरूलाई प्रकोपको लागि साधन श्रोत परिचालन गर्न बाटो खुलेको छ ।

मङ्कीपक्स अहिलेसम्म विश्वका ७० भन्दा धेरै देशमा फैलिइसकेको छ । अब अमेरिकामा सङ्कटकाल घोषणापछि सङ्घीय स्वास्थ्य अधिकारीहरूले यो रोगविरुद्ध मापदण्डहरूलाई तीव्र पार्न सक्नेछन् । त्यसका लागि पूर्ण सङ्घीय पुनरावलोकनको आवश्यकता पर्नेछैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ