arrow

एक्लै चुनाव लडे पनि बहुमत ल्याउने ओलीलाई आश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २० शुक्रबार
kp-sharma-oli-2079-04-16.jpg

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमालेले दुई तिहाइ ल्याउन नसक्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यशाला गोष्ठीमा उनले राम्रो मेहनत गरे ठूलो दल वा बहुमतको सरकार बनाउन सक्ने उनको भनाइ छ ।

‘एमालेलाई दुई तिहाइ चाहिन्छ । तर, अहिले हामीले दुई तिहाइ प्राप्त गर्ने सम्भावना छैन । तर, हामीले संगठित र योजनाबद्ध रूपमा काम गर्‍यौं भने बहुमत ल्याउन सक्छौं । केन्द्रमा एकल सरकार, अप्ठेरो नपर्ने गरी सरकार बनाउन सकिन्छ,’ उनले भने । 

ओलीले यसअघि मनमोहन अधिकारीको सरकारलाई पनि अदालत प्रयोग गरेर चल्न नदिएको दाबी गरे । ‘२०५१ मा एमालेको अल्पमतको सरकार चल्न दिएनन् । उही अदालत प्रयोग गरियो । त्यसबेला पनि ठूलो दलको हैसियतले हामीले सरकार चलाएका हौं । गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गर्दा सही, मनमोहन अधिकारीले संसद् विघटन गर्दा हराइयो । व्यक्तिलाई हेरेर अदालतबाट मुद्दाको छिनोफानो गरियो । कांग्रेसले अहिले थप सुविधा पायो । वामपन्थी सरकार देख्न नचाहनेको सहयोग कांग्रेसले पायो । नत्र प्रश्न गर्न सक्ने हैसियतसम्म कांग्रेसको थिएन,’ ओलीले भने ।

ओलीले अहिले पनि कांग्रेस भनेको बन्चरो मात्र भएको दाबी गरे । ‘अहिले पनि कांग्रेस भनेको बन्चरो मात्र हो । बिँड भनेको कम्युनिस्टधारी काठ हुन् । जब कम्युनिस्ट मजबुत हुन्छ अनि ढाल्न थालिन्छ,’ उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ