arrow

मोटरसाइकलको ठक्करबाट बालकुमारीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २१ शनिबार
Accident-sign.jpg

सुर्खेत । सुर्खेतमा सवारी दुर्घटनामा परी एक महिलाको मुत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर उपमहानगरपालिका वडा नं. १२, की ४३ वर्षीया बालकुमारी नेपाली रहेकी छन् । 

रत्न राजमार्ग अन्तर्गत बुदबुदीचोक नजिक बाटो काट्ने क्रममा लु ८५ प ५१६६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते उनको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो । 

प्रहरी प्रवक्ता एवम् डिएसपी सुरज कार्कीका अनुसार मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ