arrow

युवराजको नयाँ बीएमडब्ल्यू गाडी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २२ आइतबार
yubraj-sing.jpg

काठमाडौं । पूर्व भारतीय क्रिकेटर युवराज सिंहले बीएमडब्ल्यू एसयूभी किनेका छन् । सिंहले बीएमडब्ल्यू एक्स ७ को नयाँ भर्सन किनेका हुन् । 

उक्त कारको स्पीड प्रति घण्टा २४५ किलोमिटर छ । यस एसयूभीको मूल्य १.९ करोड रुपैयाँ छ। युवराज सिंहले यो कार फाइटोनिक निलो रङ्गमा लिएका छन् । जुन निकै चर्चित छ । 

युवराजसँग विगतमा बीएमडब्ल्यूका एफ१० एम५, इ६० एम५, एफ८६ एक्स६एम र ई४६ एक३ गाडीहरू पनि छन्।

यो बीएमडब्ल्यू कारमा ३.० लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन दिइएको छ। जसले अधिकतम ३४० एचपी पावर र ४५० एनएमको पीक टर्क जेनेरेट गर्छ। 

पेट्रोल इन्जिनको टप स्पीड २४५ किमी प्रतिघण्टा छ र यसले ६.१ सेकेन्डमा १०० किमी प्रतिघण्टाको गति लिन सक्छ । यो ६-७ सिटको एसयूभी हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ