arrow

गिरीको अवस्था बुझ्न राष्ट्रपतिले पठाइन् विज्ञ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २३ सोमबार
pradip-giri_(1)1.jpg

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यमा समस्या भएर ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य स्थितिबारे बस्न राष्ट्रपति कार्यालयबाट विज्ञ पठाएकी छन् । 

घाँटीको क्यान्सरबाट पीडित गिरी ललितपुरस्थित मेडिसिटी अस्पतालमा रहेका छन् । राष्ट्रपति भण्डारीले सूचना तथा सञ्चार विज्ञ टीका ढकाललाई डा.गिरीको स्वास्थ्य अवस्थाबारे बुझ्न पठाएकी हुन् ।
  
गिरी क्यान्सरको उपचारका लागि भारतमा रहँदा पनि राष्ट्रपतिबाट स्वास्थ्यावस्थाबारे चासो व्यक्त भएको र काठमाडौँ फर्किएपछि स्वास्थ्य समस्याका कारण अस्पतालमा भर्ना हुँदा पनि आफूलाई भेट्न पठाएको ढकालले जानकारी दिए ।

यसअघि डा.गिरी भारतको मुम्बईमा घाँटीको उपचार गराएर फर्किएका थिए। स्वदेश फर्किने बित्तिकै स्वास्थ्य समस्या देखिएपछि नेता गिरी अस्पताल भर्ना भएका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ