arrow

समितिका तथ्यहरूमाथि गहन छलफल हुनुपर्छ ; रावल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २३ सोमबार
bhim-rawal-uml-2078-kartik.jpg

काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद भीम रावलले  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाभियोग प्रस्ताव सम्बन्धमा छानबिन समितिले तयार गरेका तथ्यहरूमाथि गहन छलफल हुनुपर्नेमा जोड दिए  छन् । 

प्रतिनिधिसभामा नेता रावलले न्यायपालिकाको कुरा उठिसकेपछि त्यसलाई संविधान बमोजिम तथ्यसंगत ढङ्गले निराकरण गर्नु कर्तव्य रहेको बताउँदै त्यसतर्फ ध्यान जानुपर्ने धारणा राखे ।   

उनले भने,' यस सम्बन्धमा सम्बन्धित समितिले छलफल गरेर ल्याएपछि तथ्य के हो, बाहिर विभिन्न कुराहरू सुनेका छौं । त्यो सुनेको आधारमा भन्दा ती तथ्यहरू आए भने त्यसमा गहन छलफल हुन सक्थ्यो होला । कुराहरू उठिसकेपछि त्यसलाई संविधान बमोजिम तथ्यसंगत ढङ्गले समयमै निराकरण गर्नू यदि व्यवस्थापिका भित्र प्रवेश पाएको छ भने त्यसको पनि कर्तव्य हो । राजनीतिक क्षेत्रका व्यक्तिहरूले पनि तद अनुकूल त्यसलाई अन्यथा विषय नबनाएर त्यो गर्नु सबैको कर्तव्य हो ।यस तर्फ सबैको ध्यान जानुपर्छ ।'

नेता रावलले प्रधानन्यायाधीशविरुद्धको महाभियोगको प्रस्ताव अगाडी सारिएको लामो समय हुँदा पनि छलफल नहुनु दुखद विषय रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ