arrow

हल्यान्डको दुई गोलले सिटी विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २३ सोमबार
city.jpg

काठमाडौं ।  म्यानचेस्टर सिटीले वेस्ट ह्यामलाई २-० गोलअन्तरले पारजित गरेको छ । लण्डन स्टेडियममा वेस्ट ह्याम युनाइटेडमाथि म्यानचेस्टर सिटीको सहज जितमा इर्लिङ हालान्डले दुई गोल गरे ।

२२ वर्षीय नर्वेली स्टाइकर  इर्लिङ हल्यान्डले दुई गोल गरेसँगै म्यानचेस्टर सिटीले वेस्ट ह्यामलाई पारजित गरेको हो । 

उनले हाफ टाइमभन्दा नौ मिनेटअघि पेनाल्टीबाट सिटीलाई अग्रता दिलाएका थिए । केभिन डे ब्रुइनको उत्कृष्ट पासमा हल्यान्डले ६५ मिनेटमा बायाँ खुट्टामा गोल गर्दै सिटीका लागि दोस्रो गोल गरेका थिए ।

बोरुसिया डर्टमुन्ड फुटबलबाट सिटी आएका हल्यान्डले नर्वेली खेलाडी सर्जियो अगुएरोले क्लब छाडेपछि अनुबन्धित भएका थिए ।



नयाँ