एकैपटक चार सवारी दुर्घटनामा, विद्यार्थीसहित बीस बढी घाइते
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २३ सोमबार
2.5k
Shares
हेटौंडा । मकवानपुरको हेटौंडामा एकैपटक चार सवारी दुर्घटनामा परेका छन् । जसका कारण बीस बढी घाइते भएका छन् । हेटौंडा–१५ रातोमाटेमा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा महिले ना ५ ख ६२४४ नम्बरको ट्रकले रिलायन्स बोर्डिङको विद्यार्थी बोकेको बसलाई ठक्कर दिएकाे थियाे । त्यसपछि पुनः हेटौंडाबाट पथलैया जाँदै गरेको लु १ ख ४३७० नम्बरको ट्यांकरलाई ठक्कर दियाे । अनि ट्यांकर पल्टिएर बा ७ च ९४०४ नम्बरको कारलाई थिच्याे ।
ट्रकले फेरि रोकिरहेको प्रदेश २–०३–००१ ख २५०६ नम्बरको ट्रकलाई पनि ठक्कर दिएको थियाे । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइतेहरुको अवस्था सामान्य रहेको छ ।