arrow

आज छ स्थानीय तहमा सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २४ मंगलबार
public-holiday-sarwajanik-bida.jpg

दमौली । विश्व आदिवासी दिवसका अवसरमा तनहुँका छ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । 

यही साउन २४ गते  मङ्गलवार मनाइने सो दिवसका लागि यहाँका शुक्लागण्डकी, भानु, व्यास   नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् । 

ती पालिकाले सोमबार अलग अलग  विज्ञप्ति जारी गर्दै विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने जनाएका हुन् । 

विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले आज जिल्लाका दश वटै स्थानीय तहमा विविध कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष वसुन्धरा घर्तीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ