arrow

तीन दिने चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २४ मंगलबार
narayan-khadkas.jpg

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाने भएका छन् । आज परराष्ट्रमन्त्री खड्का तीन दिने भ्रमणका क्रममा चीन प्रस्थान गर्दै छन् ।

चिनियाँ समकक्षी वाङ यीको निम्तोमा परराष्ट्रमन्त्री खड्का चीन जान लागेका हुन् । खड्कासँगै ११ सदस्यीय टोली रहनेछ ।  

भ्रमणका क्रममा नेपाल चीन सम्बन्धलाई थप बलियो बनाउन छलफल हुनेछ   । परराष्ट्रमन्त्री खड्काको भ्रमण देउवा सरकार बनेपछि कै पहिलो चीन भ्रमण हो । 

यसअघि गत असार २६ मा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियाञ्चाओ चार दिने नेपाल भ्रमणमा आएका थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ